+

यू-२० फुटबलको बन्द प्रशिक्षणमा छानिए ४० खेलाडी

२०८१ असार  २५ गते १५:५४ २०८१ असार २५ गते १५:५४
यू-२० फुटबलको बन्द प्रशिक्षणमा छानिए ४० खेलाडी

२५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरेको छ ।

विभिन्न चरणको छनोट पार गरेर आएका खेलाडीहरु मध्येबाट यु-२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ र टेक्निकल टिमका सदस्यले ४० जनालाई बन्द प्रशिक्षणका लागि छनोट गरेका हुन् ।

आसन्न साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनोटको लागि टिम निर्माण गर्न एन्फाले खुला छनोट कार्यक्रम सञ्चालन गरेको थियो ।

बन्द प्रशिक्षणका लागि छानिएका सबै खेलाडीलाई यही असार २९ गते शनिबार दिउँसो ४ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पर्क गर्न संघले आग्रह गरेको छ ।

साफ यु-२० च्याम्पियन अगष्ट १६ देखि २८ सम्म नेपालमै हुँदैछ । उक्त प्रतियोगितामा नेपाल बंगलादेश, पाकिस्तान र श्रीलंकासँगै समूह ए मा छ ।

यस्तै एएफसी यु-२० एसियन कप छनोट सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछ । यसमा उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडियासँगै नेपाल समूह बी मा छ । यस समूहको खेल चाइनिज ताइपेईमा हुने एएफसीले जनाएको छ ।

हेर्नुहोस् खेलाडीहरुको सूची

खेलकुद फुटबल यु-२० फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय