+

नेपाल अभ्यास खेलमा पराजित

२०८१ असार  २५ गते १७:१० २०८१ असार २५ गते १७:१०
नेपाल अभ्यास खेलमा पराजित

२५ असार, काठमाडौं । नेपाल महिला क्रिकेट टोली पहिलो टी-२० अभ्यास खेलमा श्रीलंका डेभलप्मेन्टसँग ३३ रनले पराजित भएको छ ।

जित्नलाई ९६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन बनायो । नेपालकी सीता रानामगरले ११ र रुविना क्षेत्रीले १७ रन बनाए ।

देवमी विहांगाले ३ र सेहानीले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका डेभलप्मेन्टले २० ओभरमा ८ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।

दुलानीले २७ रन बनाइन् । नेपालकी सबनम राईले ३ र राजमति ऐरीले १ विकेट लिइन् ।

नेपालले श्रीलंका डेभलप्मेन्टसँग तीन टी २० खेलको सिरिज खेल्नेछ । नेपालले अक दोस्रो खेल बुधबार र तेस्रो खेल आगामी मंगलबार खेल्नेछ ।

नेपालले एसीसी एसियाकप अघि तयारी खेल खेलेको हो । एसिया कप १९ देखि २८ जुलाईसम्म श्रीलंकामा हुँदैछ । नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् ।

नेपाल महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय