+
+

चालुपूँजी कर्जा मार्गदर्शन सहज बनाउनु पर्छ : अञ्जन श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १६:३३
फाइल तस्वीर

२५ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले चालुपूँजी कर्जा मार्गदर्शन सहज बनाउन आग्रह गरेका छन् ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा श्रेष्ठले व्यवसायीले गर्नसक्ने सुधार गरिसकेकोले चालुपूँजी कर्जा मार्गदर्शन सहज बनाउनु पर्नेमा जोड दिए ।

‘उद्योग स्थापना गर्दा हुने लगानीमा ऋण र त्यसको ब्याज पूँजीकरण गर्नुपर्छ । औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्न फरक नीति चाहिन्छ । व्यापारभन्दा २ प्रतिशत कम ब्याजदरमा दिने व्यवस्था हुनुपर्छ,’ उनले भने ।

बैंकले नै व्यवसायीको अवस्था हेरेर निर्णय गर्नसक्ने गरी पुनर्कर्जा र कर्जा पुनर्संरचनाको व्यवस्था हुनुपर्ने समेत उनले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ र निजी क्षेत्र सँगसँग‌ै जानुपर्नेमा जोड दिए ।

निजी क्षेत्र राम्रो भयो भने बैंकिङ क्षेत्र पनि अगाडि बढ्ने उनको भनाइ छ । निजी क्षेत्रको समस्या समाधान हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?