+
+

अब बन्ने सरकार ७६ (२) कै हो : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १८:४२

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले भने,‘म तपाईं‌हरूलाई विश्वास दिलाउन चाहन्छु । अब बन्ने सरकार ७६ (२) कै हुन्छ ।’

आफूले ७६ (२) को सरकारका विषयमा बोलेको कुरालाई ७६ (३) को जस्तो गरी प्रस्तुत गरिएको भन्दै उनले मिडियासँग गुनासो गरे ।

दुई ठूला दल एक ठाउँमा उभिएर आलोपालो सरकारको नेतृत्व गरेर अगाडि जाने निर्णय गरिएको उनले सुनाए ।

विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले दिएको उल्लेख गर्दै कोइरालाले भने, ‘विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले अधिकार दिएको छ । राजीनामा दिनुपर्छ भनेर हामी अगाडि बढेर केही फाइदा छैन ।’

कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले ७६ (२) अनुुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी १७ असारमा सहमति बनेको थियो । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?