+
+

वर्षायाममा स्थानीय तह नछाड्न प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १८:५४

२५ असार, काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार  वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो ।

वर्षातको समयमा फैलिनसक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरुले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

गृहसचिव एकनाराण अर्यालले २१ असारमा लेखेको पत्रसहित संघीय मामिला मन्त्रालयका सचिव मुकुन्दप्रपाद निरौलाले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई यस्तो निर्देशन दिएका हुन् । स्थानीय तहमा आइपर्नसक्ने विपद व्यवस्थापन र पूर्वतयारीको काममा जुट्नुपर्ने भएकाले यो समयमा कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?