+
+

विपद्‌बाट २८ जेठयता ८० जनाको मृत्यु, २ हजार ७६४ परिवार विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १९:०२

२५ असार, काठमाडौं । नेपालमा मनसुन भित्रिएको २८ जेठयता बाढी, पहिरो लगायतका विपद्‌मा परी ८० जनाको मृत्यु भएको छ ।

मंगलबारसम्म प्राकृतिक विपद्‌मा परी ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विपद्का कारण आजसम्म ९७ जना घाइते भएका छन् भने २ हजार ७६४ घरपरिवार विस्थापित भएका छन् ।

बाढीको कारण हालसम्म १६१ घर डुबानमा परेका छन् । १३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । यो अवधिमा ३८४ वटा पशु चौपायाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?