+
+

रुपन्देहीमा पत्रकारमाथि कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १९:१४

२५ असार,बुटवल। रुपन्देहीको सैनामैनामा एक जना पत्रकारमाथि कुटपिट भएको छ ।

सैनामैनाको मलमला एफ.एमका स्टेशन म्यानेजर टिकाराम खरेललाई सैनामैना नमुना माध्यमिक विद्यालयका सुरक्षा गार्ड छविलाल शर्माले विद्यालय परिसरमै कुटपिट गरेका हुन् । खरेल प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य हुन् ।

कुटपिटपछि घाइते पत्रकार खरेलले दोषीमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय रन्यौरामा लिखित उजुरी दिएका छन् ।

प्रधानाध्यापक नेत्रलाल पुरीले लुम्विनी प्रदेश सरकार, नमुना विद्यालय अनुदान र विद्यालयको स्रोतमा ९९ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको विद्यालय भवन र विद्यालयको स्वर्ण महोत्सवमा उठेको करिब ५० लाख रुपैयाँको आय व्यय विवरण खरेलले माग गरेका बताए ।

आफू विद्यालयमा नभएको बेलामा खरेल विद्यालय आएपछि सुरक्षा गार्डसँग भनाभन भएर विवाद हुँदा सामान्य धकेलाधकेल भएको बताए ।

इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले दुवै पक्षबाट निवेदन आएको हुनाले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?