+
+

रामेछापमा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, ९ जना घाइते   

रासस रासस
२०८१ असार २६ गते ६:१९

२५ असार, मन्थली (रामेछाप) । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार भएको  उक्त दुर्घटनामा नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?