+
+
युरो २०२४ :

तथ्यांकमा इंग्ल्यान्ड र नेदरल्याण्डको भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते ९:००

युरो २०२४ मा इंग्ल्यान्ड आज राति दोस्रो सेमिफाइनल खेल्दैछ र उसको लक्ष्य हुनेछ, लगातार दोस्रो फाइनल ।

पछिल्लो युरोमा पनि इंग्ल्यान्ड फाइनल पुगेको थियो । यसपल्ट यसलाई यही उपलब्धिबाट रोक्ने प्रयासमा हुनेछ, नेदरल्यान्ड्स । यो पनि आफैंमा युरोपका दुई ठूला फुटबल शक्तिबीचको भिडन्त हुनेछ ।

यस खेलसँग जोडिएका तथ्य र तथ्यांक यस प्रकार छन् :

  • इंग्ल्यान्ड र नेदरल्यान्ड्स दुवैले क्वाटरफाइनलमा पहिला गोल खाएर फेरि खेलमा पुनरागमन रचेको हो । यसक्रममा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा र नेदरल्यान्ड्सले टर्कीलाई हराएको हो ।
  • स्विट्जरल्यान्डविरुद्ध इंग्ल्यान्डका लागि प्रशिक्षक गेराट साउथगेटको खेल सयौं थियो । नेदरल्यान्ड्सविरुद्ध अब १०१औं खेल हुनेछ ।
  • यस युरोमा इंग्ल्यान्डले अहिलेसम्म सामना गरेका विपक्षी टिममध्ये नेदरल्यान्ड्स नै सबैभन्दा उच्च वरीयताको टिम हो ।
  • यो खेलको सञ्चालन गर्ने जर्मन रेफ्री फेलिक्स ज्वेयरमाथि एकपल्ट खेल मिलोमतोको आरोप लागेको थियो र उनलाई निलम्बन पनि गरिएको थियो ।
  • नेदरल्यान्ड्स सन् १९८८ यता युरोको फाइनल पुगेको छैन् । त्यो वर्ष उसले उपाधि नै जितेको थियो । नेदरल्यान्ड्स सन् २००४ यता पहिलो युरो सेमिफाइनल खेलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?