+
+

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते ९:१२
प्रतीकारात्मक स्केच ।

२६ असार, काठमाडौंं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन् ।

प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र.३-०१-००५ख ९८६६ न.को बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो । घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?