+
+

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते ९:४१

२६ असार, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका-६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए ।

रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ ।

मिनीट्रक सडकदेखि ५०\६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए ।

दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?