+

कोलम्बिया र उरुग्वे फाइनलका लागि प्रतिस्पर्धा गर्दै

२०८१ असार  २६ गते १२:०५ २०८१ असार २६ गते १२:०५
कोलम्बिया र उरुग्वे फाइनलका लागि प्रतिस्पर्धा गर्दै

२६ असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ५:४५ बजे नर्थ क्यारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा हुनेछ ।

कोलम्बिया र उरुग्वे दुवै टिम लयमा छन् । यस संस्करण कोपामा लयमा रहेको कोलम्बिया लगातार २७ खेलसम्म अपराजित छ ।

उता अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक कोपा उपाधि जितेको उरुग्वे कीर्तिमानी १६औं उपाधि जित्ने लक्ष्यमा छ ।

कोलम्बिया र उरुग्वेबीचको विजेताले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्यानडालाई हराएर फाइनलम स्थान बनाइसकेको छ ।

उरुग्वे क्वाटरफाइनलमा अर्को उपाधि दाबेदार ब्राजिललाई पराजित गरेको थियो । जसले गर्दा उरुग्वेको मनोबल पनि उच्च छ ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दा उक्त खेलमा उरुग्वेले २६ फल गरेको थियो । जसले गर्दा ब्राजिललाई रोड्रिगोलाई फल गर्दा उरुग्वेका नाहितान नान्डेजले रातो कार्ड पाएका थिए ।

उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले आफ्नो टिम अट्यकिङ फुटबल खेल्न कुनै सम्झौता नगर्ने बताएका छन् । ‘फुटबल प्रतिस्पर्धा हो र हामी जे मा बेस्ट छौं त्यही नै लागू गर्न प्रयास गर्छौं,’ बिएल्साले भनेका छन् ।

उरुग्वेका नाहितान नानडेजले फाइनल खेल खेल्न पाउने छैनन् भने डिफेण्डर रोनाल्ड अराउजोले क्वाटरफाइनमला चोट लागेपछि सबै खेल गुमाउने छन् ।

अर्कोतर्फ कोलम्बियाले पानामालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । कोलम्बया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले अहिलेसम्म २००१ मा एक पटक कोपा जितेको थियो ।  नहाँ कोलम्बियाले मेक्सिकोलाई फाइनलमा पराजित गरेको थियो ।

अर्जेन्टाइन प्रशिक्षक नेस्टर लोरेन्जोको प्रशिक्षणमा रहेको कोलम्बियाका लागि ८ फरक खेलाडीले गोल गरिसकेका छन् ।

भेट्रेराना जेम्स रोड्रिग्वेज अहिले लयमा छन् र त्यो लय कोलम्बियाका लागि फाइदाजनक हुन सक्छ । रोड्रिग्वेजले एकै संस्करणमा सर्वाधिक ५ असिस्ट गर्ने लिओनल मेसीको कीर्तिमान बराबरी गरिसकेका छन् ।

लरेन्जोले उरुग्वे र कोलम्बियाबीचको खेल फाइनल खेल जस्तै हुने बताए । ‘उनीहरु प्यासिभ छैनन् । उनीहरु पनि जितकै लागि जान्छन् । र हामी पनि राम्रो प्रदर्शन गर्नका लागि जादैछौं,’ उनले भनेका छन् ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय