+
+

७० जना कलाकारले दक्षिणकालीमा गरे योग र ध्यान

गौरी मल्ल भन्छिन्- कलाकारलाई सकारात्मक ऊर्जा जरुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते ११:१०

काठमाडौं । भागदौड र ब्यस्तताबीच सकारात्मक ऊर्जाको संचार गर्ने उद्देश्यले घरेलु फिल्म र टेलिभिजनका ७० जना कलाकारले दक्षिणकालीमा ध्यान एवं योगासन अभ्यास गरेका छन् ।

चलचित्र कलाकार संघ र महर्षी वैदिक फाउण्डेसनको संयुक्त आयोजनामा ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकालीमा संयुक्त योगाभ्यास गरिएको हो ।

गौरी मल्ल, रविन्द् खड्का, लय संग्रौला, शिवहरि बैरागी, मोहन निरौलासहितका कलाकार ध्यान कार्यक्रममा सहभागि थिए । कलाकारको स्वास्थ्य तथा विचारमा आउने नकारात्मक भावनालाई वैदिक पद्धतिका माध्यमले सकारात्मक ऊर्जाको उजागर गर्ने उद्देश्यले कार्यक्रम राखिएको संघका अध्यक्ष निरौलाले जानकारी दिए ।

कलाकारहरुको ताजगीको लागि बेलाबखतमा यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने धाराणा सहभागीले राखेका थिए । अभिनेत्री मल्लले कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनले यस्ता कार्यक्रम केही दिनको अन्तरालमा गर्दा लाभदायक हुने धारणा राखिन् ।

नेपालमा सनातनी धर्मको रक्षा तथा सनातनी कार्यमा आफूलाई क्रियाशिल गर्दै आइरहेको फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बासकोटाले बताए ।

कलाकार संघले यस अघिपनि सदस्यको व्यक्तित्व विकासका लागी योग ध्यान, जीवन विज्ञानका विभिन्न आयाम, बिमारी पर्दा अस्पताल लैजाने, औषधोपचारमा विशेष छुटका साथै ‘कलाकार र आम सञ्चार’ विचार गोष्ठि लगायतका विभिन्न कार्यक्रमको संचालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?