
२६ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ तालको पानी बस्तीमा पस्दा फसेका चार जनालाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरेको छ ।
तालको पानी बस्तीमा पस्दा एक तले घर डुबेर एकै परिवारका ४ जना फसेका थिए ।
उद्दार गरिएकाहरूमा गुल्मी घर भइ पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सिर्जना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4