
२६ असार, काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बुधबार भारत जान लागेकी छन् ।
बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने मन्त्रीस्तरीय दोस्रो बिमस्टेक बैठकमा भाग लिन सचिव लम्साल आज भारत जान लागेकी हुन् । उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा क्षेत्रीय सहयोग, समन्वय, सहकार्यलगायत विषयमा छलफल हुने जनाइएको छ । बिमस्टेकमा सहभागी भएकाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने भएका छन् ।
लम्साल सहितको नेपाली प्रतिनिधि मण्डल शनिबार फर्किने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4