+
+

चीनमा १०० वटा जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गरेको आरोपमा एक जना पक्राउ

रासस रासस
२०८१ असार २६ गते १३:५६

२६ असार, काठमाडौं । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।

चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।’

‘निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको ट्राउजरको खल्तीमा छ वटा क्यानभास ड्रस्ट्रिङ ब्याग प्याक गरिएको र टेपले सिल गरिएको भेटिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘प्रत्येक झोलामा सबै प्रकारका आकार र रङका जीवित सर्प भेटिएका थिए,’ प्रतिवेदनमा भनिएको छ ।

अधिकारीले १०४ खस्रो सरीसृपहरू जफत गरेका छन् । जफत गरिएका सर्पमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजातिहरू थिए ।

भिडियोमा दुई जना सीमा अधिकारी रातो, गुलाबी र सेतो सर्पले भरिएको पारदर्शी प्लास्टिकको झोलामा हेरिरहेको देखिन्छ ।

चीनमा पछिल्लो समय अवैध व्यापारमा कडाइ गरेका छन् ।

देशको जैविक सुरक्षा र रोग नियन्त्रण कानूनले मानिसहरूलाई अनुमति बिना गैर–देशी प्रजातिका जनावर ल्याउन निषेध गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?