+
+

बैंकिङले उचाल्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १५:२०

२६ असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २३.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१७५ अंकमा पुगेको छ । कुल ५ अर्ब ७४ करोडको कारोबार भयो । १९४ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने ५ को स्थिर रह्यो ।

यस दिन बैंकिङ समूह सूचक सबैभन्दा धेरै १.६९ प्रतिशत बढ्यो । उच्च पूँजीकरण रहेकाले यो समूहले समग्र नेप्सेलाई बढाउने क्षमता राख्छ । बैंकिङ १९, फाइनान्स २९, होटल तथा पर्यटन ५२, हाइड्रोपावर २८, जीवन बीमा ७९, उत्पादन ३९, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १४१, अन्य ८ र व्यापार समूह २ अंक बढे । विकास बैंक समूहको सूचक भने १३ अंक घट्यो ।

बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सिकलेस हाइड्रोपावरको ८.३, एनआईसी एसिया लघुवित्तको ७.८, गणपति लघुवित्तको ७.१, जानाकी फाइनान्सको ६.९ प्रतिशत मूल्य बढ्यो ।

बुद्धभूमि हाइड्रो तथा समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ग्लोबल आइएएमई लघुवित्तको ४.२, आरम्भ चौतारी लघुवित्तको ३.१ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट कम्पनी, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?