+
+

जेभियर इन्टरनेसनल : सरल पढाइ, सहज जीवनका लागि (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १७:४०

जेभियर इन्टरनेसनल नै किन ? यसका केही चित्तबुझ्दो जवाफ छन् । एक, बलियो व्यवस्थापन । दुई, समर्पित शिक्षक । तीन, आयामिक शिक्षा । चार, पर्याप्त स्रोत-साधन । पाँच, उत्कृष्ट नतिजा ।

जेभियर इन्टनेसनल एक उर्वर धरातल हो, जहाँ विद्यार्थीको प्रतिभा फस्टाउने अनुकूलता छ । यस शैक्षिक संस्था आफ्नो फरक विशेषताका कारण पनि विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ । ‘शिक्षाले विद्यार्थीको ज्ञान मात्र बढाउने होइन, बरु सीप विकास र जीवनशैली परिवर्तन गर्नुपर्छ,’ जेभियर इन्टरनेसनलका सीईओ गोपाल भण्डारी भन्छन्, ‘यही कुरालाई मियो बनाएर हामीले पठन प्रक्रियामा पृथक शैली अपनाएका छौं ।’

यसपालिदेखि जेभियरले ‘लेभल अप’ भन्ने थिममा काम गरिरहेको उनले बताए । ‘यसअनुसार हामीले पाँचवटा लक्ष्य तय गरेका छौं,’ उनी भन्छन्, ‘जस्तो कि यहाँ पढ्ने विद्यार्थीको अध्ययन, ग्रेड, सीप, सफलता र जीवनशैली समग्र स्तरोन्नति हुनु जरुरी छ ।’

कसरी पढ्दा विद्यार्थीले सहज रुपमा बुझ्छन् ? आफूले बुझेको कुरालाई कसरी व्यावहारिक जीवनमा उपयोग गर्छन् ? पढेका कुराले उनको जीवनशैलीमा के-कस्तो परिवर्तन ल्यायो ? के उनीहरु निर्धक्क बातचित गर्न सक्छन् ? के राम्रो के नराम्रो भनी विवेक प्रयोग गर्न सक्छन् ? वाकशैली कस्तो छ ? नेतृत्व क्षमता कस्तो छ ? यी सम्पूर्ण कुरामा विद्यार्थीको स्तरोन्नति हुनुपर्छ भन्ने धेयले शिक्षण पद्धतिलाई आयामिक एवं जीवनोपयोगी बनाइँदैछ ।

विद्यार्थीले जहाँ पनि पढ्न पाउँछन्, जहाँ आफूलाई सुविधा र सहज लाग्छ । जस्तो क्यान्टिनमा बसेर पढे हुन्छ वा कक्षाकोठा बाहिर । पढ्नका लागि जुनसुकै समयमा शिक्षकको सहयोग लिन सक्छन् । ‘उनीहरुलाई कसरी पढ्दा वा पढाउँदा छरितो र प्रभावकारी हुन्छ, सोही विधिको अभ्यास गरिरहेका छौं,’ सीईओ भण्डारी भन्छन्, ‘यसका लागि व्यवस्थापक र शिक्षकसँगै हातेमालो गरिरहेका छौं ।’

जेभियर किन पनि अब्बल शैक्षिक संस्थामा दरिएका छन् भने यहाँ विद्यार्थी मात्र होइन, शिक्षकलाई पनि समयानुकूल प्रशिक्षित गरिन्छ । विश्वका उन्नत शिक्षण विधि कस्ता छन् ? त्यहाँ कसरी पढाइन्छ ? के पढाइन्छ ? कसरी पढाउँदा विद्यार्थीले सहज रुपमा बुझ्न सक्छन् ? यी कुरामा शिक्षकलाई नियमित रुपमै प्रशिक्षित गरिन्छ ।

‘हाम्रो लक्ष्य, पठनशैली, व्यवस्थापन विधि पृथक छ,’ भण्डारी भन्छन्, ‘त्यसैले अरु कुनै पनि विद्यालय–कलेज हाम्रा प्रतिस्पर्धी होइनन् । हामी त हरदिन हामीसँग नै प्रतिस्पर्धा गरिरहेका छौं ।’

फरक विशेषता र गुणस्तरीय शिक्षाको कारण जेभियरले विभिन्न समयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा ‘उत्कृष्ट विद्यालय’को उपाधि प्राप्त गरेको छ ।

सय बढी आवासीय शिक्षक, पाँच हजार विद्यार्थी

नेपालकै शैक्षिक उन्नयनमा ठोस योगदान पुर्‍याउने खाका अनुरुप जेभियरले आफ्नो धरातल फराकिलो र बलियो बनाउँदै लगेको छ ।

काठमाडौंको कालोपुल, चावहिल (मित्रपार्क) र बौद्धमा यसका छुट्टाछुट्टै शैक्षिक कार्यक्रम सञ्चालित छन् । यहाँ पाँच हजार विद्यार्थी पठनपाठन गर्छन् । शिक्षकसहित ५०० जना कर्मचारी सक्रिय छन् । १०० जना भन्दा बढी आवासीय शिक्षक छन्, जो हरक्षण विद्यालय हाताभित्र उपलब्ध हुन्छन् ।

पूर्वप्राथमिकदेखि स्नातकोत्तरसम्म

यहाँ पूर्वप्राथमिक कक्षामा भर्ना भएका विद्यार्थीले निरन्तर स्नातकोत्तरसम्म पढ्न सक्छन् । यहाँ त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा मास्टर अफ विजनेस स्टडिज (एमबीएस) कार्यक्रम सञ्चालित छन् । स्नातक तहमा बीबीएम, बीसीए, बीबीएस, बीएसडब्ल्यु, माइक्रोबायोलोजी, बीएस्सी इनभारोमेन्ट पढाइ हुन्छ ।

कक्षा ११ र १२ मा यहाँ चारवटा संकाय अन्तर्गत पठनपाठन हुँदै आएको छ । यहाँ विद्यार्थीले मानविकी, व्यवस्थापन, विज्ञान र कानुनमध्ये कुनै पनि संकाय पढ्न पाउँछन् । कक्षा ११ मा जेभियरले पाँच सय विद्यार्थी भर्ना लिने गरेको छ ।

त्यसो त ए लेभल पढ्न चाहनेका लागि पनि जेभियर उत्तम गन्तव्य हुनसक्छ । एसईईपछि ए लेभलमा भर्ना पाइन्छ । जेभियरले ए लेभलमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

खेलसँगै पढाइ

जेभियर नै यस्तो शैक्षिक संस्था हो, जसले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको छ । र, यसलाई पढाइकै एक अभिन्न पाटोको रुपमा लिएको छ ।

खेलकुदले शारीरिक र मानसिक तन्दुरुस्ती बढाउँछ, सामूहिक भावनाको विकास गराउँछ, नेतृत्व क्षमता बढाउँछ, शीघ्र निर्णय गर्ने क्षमता विकास गर्छ । यही मान्यतालाई आत्मसात गर्दै जेभियरले खेलकुदलाई पढाइसँगै समानान्तर अगाडि बढाएको छ । यसका लागि राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षक वा परामर्शदाताको रुपमा लिने गरेका छन् । विद्यालयमा खेल संशाधन र मैदानको सुविधा छ ।

साथै जेभियरले अतिरिक्त गतिविधिमा जोड दिंदै आएको छ । यसका लागि विभिन्न क्लब बनाएको छ, जहाँ विद्यार्थीले आफ्नो रुचि र प्रतिभालाई थप निखार्न पाउँछन् । कला, साहित्य, मनोरञ्जन आदिमा रुचि भएका विद्यार्थीले यसलाई राम्रो प्लाटफर्मको रुपमा उपयोग गर्न सक्छन् ।

पारिवारिक वातावरण, प्रविधिमैत्री कक्षाकोठा

जेभियरमा धेरैजसो शिक्षक आवासीय छन् । उनीहरुलाई त्यही खाने-बस्ने व्यवस्था छ । यी शिक्षकहरु विद्यार्थीलाई सहयोग गर्न हरक्षण अग्रसर हुन्छन् । पारिवारिक वातावरणमा विद्यार्थीले सहज रुपमा पठनपाठन गर्न पाउने सीईओ भण्डारी बताउँछन् ।

यहाँका कक्षाकोठा अत्याधुनिक र प्रविधिमैत्री छन् । पढाइलाई प्रभावकारी र प्रयोगात्मक बनाउन प्रविधिको अधिकतम् उपयोग गरिन्छ ।

‘पठनपाठन भन्ने कुरा फरर आउने होइन, यसका लागि प्रक्रिया जरुरी हुन्छ, कार्ययोजना जरुरी हुन्छ,’ भण्डारी भन्छन्, ‘सोही अनुरुप हामीले कार्यक्रम बनाएर विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुग्नेगरी पठनपाठन गराउने गर्छौं ।’

विद्यार्थीहरु पढेर उत्तीर्ण मात्र हुने होइन । उच्च ग्रेड मात्र हासिल गर्ने होइन । बरु, उनीहरु क्षमतावान् हुनुपर्छ, सिपालु हुनुपर्छ, सामाजिक हुनुपर्छ र उत्तरदायी हुनुपर्छ । जेभियर इन्टरनेसनलले सोही अनुरुप विद्यार्थीलाई मार्गदर्शन गर्छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?