+

यस्तो छ २०२६ को टी–२० विश्वकपमा पुग्ने नेपालको बाटो

२०८१ असार  २६ गते १७:५७ २०८१ असार २६ गते १७:५७
यस्तो छ २०२६ को टी–२० विश्वकपमा पुग्ने नेपालको बाटो

२६ असार, काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त आयोजना हुने आईसीसी टी–२० विश्वकपमा पुग्न नेपालले छनोट खेल्न पर्नेछ ।

टी–२० विश्वकपमा सुपर– ८ र टी–२० वरीयताका आधारमा सिधै विश्वकपमा छनोट नभएपछि नेपालले एसिया क्षेत्रको छनोट खेल्नुपर्नेछ । यो खेलको आयोजक देश र मिति भने तय भएको छैन ।

गत वर्ष यो प्रतियोगिता नेपालले आयोजना गरेको थियो । सन् ं२०२२ को एसिया छनोट ओमानमा भएको थियो । त्यसैले २०२५ को एसिया क्षेत्र छनोट फाइनल यूएईमा हुने सम्भावना छ ।

एसिया क्षेत्र छनोट फाइनलमा कुल ६ टोली हुनेछन् । नेपाल र ओमान टी–२० विश्वकप २०२४ खेलेको हुँदा सोझै छनोट भएका छन् । बाँकी चार टोली एसिया क्वालिफायर ए र बी बाट आउनेछन् ।

आगामी अगष्ट ३० देखि सेप्टेम्बर ९ सम्म हुने एसिया छनोट ए मा आयोजक मलेसिया, हङकङ, कुवेत, माल्दिभ्स, मंगोलिया, म्यानमार र सिंगापुर छन् । राउण्ड रोविनको आधारमा हुने यस प्रतियोगिता शीर्ष दुई टोली एसिया क्षेत्र छनोट फाइनलमा पुग्नेछन् ।

आईसीसी टी–२० विश्वकप एसिया छनोट बीमा युएई, बहराइन, कतार, साउदी अरेबिया, थाइल्यान्ड, भुटान र चीन छन् । छनोट बी कहाँ र कहिले हुने टुङ्गो लागेको छैन । राउण्ड रोविनको खेलपछि शीर्ष दुई टोली एसिया क्षेत्र फाइनलमा पुग्नेछन् ।

एसिया क्षेत्र छनोट फाइनलमा नेपाल, ओमान, छनोट ए र बी का शीर्ष दुई दुई गरी कुल ६ टोली हुनेछन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

समूह चरण, सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले टी–२० विश्वकप २०२६ खेल्न पाउनेछन् । टी–२० विश्वकप २०२६ को लागि १२ टोली सोझै छनोट भएका छन् । ८ टोली विभिन्न क्षेत्रीय छनोट खेलेर आउनेछन् ।

२०२६ को टी–२० विश्वकपमा सोझै छनोट भएका टोलीहरु :

भारत र श्रीलंका (आयोजक)

अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेष्टइण्डिज (टी–२० विश्वकप २०२४ को शीर्ष ७ मा)
आयरल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तान (२०२४, जुन ३० सम्म टी–२० आई वरियतामा माथि रहँदै)

बाँकी क्षेत्रीय छनोटबाट आउने टोलीहरु :

युरोप छनोटबाट : २

इस्ट एसिया प्यासिफिक छनोटबाट : १

एसिया छनोटबाट : २

अमेरिका छनोटबाट : १

अफ्रिका छनोटबाट : २

क्रिकेट टी-२० विश्वकप नेपाल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय