+
+

स्रोत नखुलेको ३८ लाख रकमसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १८:२९

२६ असार, काठमाडौं । स्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्‍ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

उनलाई विशेष सूचनाको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?