+

नेपालका राजकुमार कार्की ओलम्पिक टर्च रिलेमा

२०८१ असार  २६ गते २०:५७ २०८१ असार २६ गते २०:५७
नेपालका राजकुमार कार्की ओलम्पिक टर्च रिलेमा

२६ असार, काठमाडौं । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) नेपालका कार्यकारी सदस्य एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पेरिस ओलम्पिक टर्च रिलेमा सहभागी भएका छन् ।

कार्की फ्रान्सको लिल शहरमा जुलाई पहिलो साता भएको भएको टर्च रिलेमा सहभागि भएका हुन् । आईएसएफको तर्फबाट अध्यक्ष फ्रान्सका लाउरेन्ट पेटराएन्का र कार्यकारी सदस्य नेपालका कार्की रिलेमा सहभागि भएका थिए ।

कार्कीले फ्रान्सको पेरिसमा भएको टर्च रिलेमा सहभागी हुन पाउनुलाई ऐतिहासिक क्षण भएको बताउँदै गर्वको अनुभूति गरेको बताए । यो समग्र नेपाली खेलकुद र राष्ट्रको लागि गौरवको विषय रहेको कार्कीले बताए ।

ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय