+
+

पाल्पामा स्कुटर दुर्घटना हुँदा दाइको मृत्यु, बहिनी गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते ६:४४

२७ असार, पाल्पा । पाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बेलुका पाल्पाको तिनाउ-३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो ।

सोही स्कुटरको पछाडि सवार विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु८६प ६५१ नम्बरको स्कुटर सोही दिशातर्फ आइरहेको लु२ख ५३७३ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्लापका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

ट्रकका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?