+
+

सूर्योदय वोमी लघुवित्तको एफपीओ साउन ४ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते ९:२२

काठमाडौं, असार २७ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

इच्छुक सर्वसाधारणले साउन ८ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । सूर्योदय र वोमी लघुवित्त एकआपसमा गाभिएर बनेको यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत सेयर नपुगेपछि एफपीओ जारी हुन लागेको हो ।

संस्थाले ४६ लाख ७२ हजार ९५४ कित्ता एफपीओ निष्कासन गर्दैछ । अंकित मूल्य १०० रुपैयाँमै कम्पनीले सर्वसाधारणलाई एफपीओ जारी गर्ने भएको हो । बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिहीबार सार्वजनिक आह्वान पत्र जारी गर्दै क्यापिटलले एफपीओ निष्कासनबारे जानकारी गराएको हो । कम्पनीको चालु आर्थिक वर्षमा गत चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा छ भने सञ्चित नाफा १७ करोड ५५ लाख रुपैयाँ छ ।

बनेपामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले एफपीओ निष्कासनका लागि केयर रेटिङबाट बीबी रेटिङ पाएको छ । राष्ट्र बैंकबाट घ वर्गको इजाजत पाएको संस्थाका १९२ शाखा कार्यालय संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?