
२७ असार, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७० रुपैयाँ रहेको चाँदी यस दिन १८८५ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4