+
+

कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते ११:२८

२७ असार, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बिहीवार बालुवाटारमा स्वर्गीय सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उनले सो धारणा राखेका हुन् ।

जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्नु अहिलेको आवश्यकता भएको पनि उनले बताए । उनले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई माथि उठ्न दिन नहुने बताए ।

कार्यक्रममा श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताए । ‘हाम्रो अभिभावकत्व निर्वाह गर्ने भाउजू अहिले हामीसँग रहनु भएन । तर यो प्राकृतिक नियम हो । हामीले यसलाई स्वीकार गर्नैपर्छ,’ श्रेष्ठले भने, ‘अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाएर अहिलेका उपलब्धिहरु खोस्न चाहने प्रतिगामी तत्वहरुलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरुलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’

२०८० असार २७ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पहिलो वार्षिकीमा स्वर्गीय दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख अग्निप्रसाद सापकोटा लगायतका नेता र कार्यकर्ताहरु पनि बालुवाटार पुगेका थिए ।

स्मृति सभामा पुगेकाहरुले सीताको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?