+

दक्षिण एसियाली टार्गेटबलमा नेपालको सेन्ट लरेन्स दोस्रो

२०८१ असार  २७ गते १६:३१ २०८१ असार २७ गते १६:३१
दक्षिण एसियाली टार्गेटबलमा नेपालको सेन्ट लरेन्स दोस्रो

२७ असार, काठमाडौं । नेपालको सेन्ट लरेन्स स्कुल प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा उपविजेता बनेको छ । महिलातर्फ नेपाली टोली दोस्रो भएको हो ।

नेपाल टार्गेटबल संघ तथा अन्तर्राष्ट्रिय टार्गेटबल महासंघद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको महिला र पुरुष दुवैमा बंगलादेशले उपाधि जित्यो । यस्तै महिलामा भारत तेस्रो भयो भने पुरुषमा भारत दोस्रो र पाकिस्तान तेस्रो भयो ।

चाबहिलको डाउनटाउनमा भएको तीनदिने प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंका गरी ६ राष्ट्रको सहभागिता थियो ।

टार्गेटबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय