२७ असार, काठमाडौं । नेपालको सेन्ट लरेन्स स्कुल प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा उपविजेता बनेको छ । महिलातर्फ नेपाली टोली दोस्रो भएको हो ।
नेपाल टार्गेटबल संघ तथा अन्तर्राष्ट्रिय टार्गेटबल महासंघद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको महिला र पुरुष दुवैमा बंगलादेशले उपाधि जित्यो । यस्तै महिलामा भारत तेस्रो भयो भने पुरुषमा भारत दोस्रो र पाकिस्तान तेस्रो भयो ।
चाबहिलको डाउनटाउनमा भएको तीनदिने प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंका गरी ६ राष्ट्रको सहभागिता थियो ।
प्रतिक्रिया 4