+

गर्मीमा धेरै अण्डा खाँदा समस्या हुन्छ ?

२०८१ असार  २७ गते १७:०५ २०८१ असार २७ गते १७:०५
गर्मीमा धेरै अण्डा खाँदा समस्या हुन्छ ?

अण्डा उच्च प्रोटिन र पोषक तत्व भरपुर पाइने खानेकुरा हो । जिम वा शारीरिक व्यायाम गर्नेहरुका ला त अण्डा अपरिहार्य डाइट हो । तर गर्मीयाममा धेरै अण्डा खानु स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

अण्डा प्राकृतिक रुपमै गर्मी बढाउने चीज भएकाले यसले पाचनसम्बन्धी समस्या समेत ल्याउन सक्छ । त्यसैले गर्मी मौसममा अण्डाको अधिक सेवन हिट स्ट्रोक अर्थात् लूको कारण समेत बन्न सक्छ । अण्डामा प्रोटिन, भिटामिन बी र डीसहित अन्य महत्वपूर्ण पोषक तत्व पाइन्छ, त्यसैले गर्मीयाममा एक-दुईवटा अण्डा खानु पर्याप्त हुन्छ ।

पहेंलो भागसहित दुईवटा अण्डा खाँदा शरीरलाई आवश्यक न्युट्रिसन प्राप्त हुन्छ । तर हरेक बिहान धेरै मात्रामा अण्डा खाने बानी भएकाले भने सावधानी अपनाउनै पर्छ । धेरै अण्डा खाँदा स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ ।

गर्मी बढाउँछ

अण्डामा उच्च प्रोटिन हुने भएकाले यसले प्राकृतिक रुपमै गर्मी गराउँछ । त्यसैले गर्मी मौसममा अण्डा खाँदा थप गर्मी महसुस हुन्छ । गर्मीमा अण्डाको अत्यधिक सेवनले हिट स्ट्रोकको खतरा हुनुका साथै नाकबाट रगत समेत बग्न सक्छ ।

पाचनसम्बन्धी समस्या

अधिक अण्डा सेवनले पाचन प्रक्रियामा पनि असर पुर्‍याउन सक्छ । जसकारण अपच, पेट गडबडी र ग्यास भरिने समस्या हुनसक्छ । केही व्यक्तिमा पेट दुखाइ, बान्ता लगायत समस्या हुनसक्छ ।

डिहाइड्रेसनको समस्या

गर्मीमा त्यसै पनि शरीरमा पानीको कमी भएको महसुस भइरहन्छ । अण्डा खाँदा डिहाइड्रेसनको समस्या अझ बढ्न सक्छ । अण्डा खाएपछि शरीरमा तापक्रम बढ्ने भएकाले पसिना धेरै निस्किन्छ । जसकारण डिहाइड्रेसनको समस्या बढ्न सक्छ ।

एलर्जी हुनसक्छ

गर्मीमा धेरै अण्डा खाँदा कतिपय व्यक्तिमा एलर्जीको समस्या समेत आउन सक्छ । जसकारण छाला विभिन्न चिलाउने रोग पनि निम्त्याउन सक्छ ।

कोलेस्टेरोल बढ्न सक्छ

अण्डाको पहेंलो भागमा उच्च मात्रामा कोलेस्टेरोल हुन्छ । पहिलेदेखि नै कोलेस्टेरोल उच्च भएका बिरामीले त अण्डा नै नखानु उत्तम हुन्छ । यसले मुटुरोगको समेत जोखिम बढाउन सक्छ ।

एजेन्सीको सहयोगमा

अण्डा गर्मीयाम स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?