+

फुटबलर डार्बिन नुनेज फ्यानहरूसँग झडपमा संलग्न

२०८१ असार  २७ गते १६:५५ २०८१ असार २७ गते १६:५५
फुटबलर डार्बिन नुनेज फ्यानहरूसँग झडपमा संलग्न

२७ असार, काठमाडौं । लिभरपुल तथा उरुग्वेका फरवार्ड डार्बिन नुनेज फ्यानहरूसँग झडपमा संलग्न भएका छन् ।

बिहीबार बिहान भएको कोपा अमेरिका २०२४ अन्तर्गत कोलम्बिया विरुद्धको खेलमा आफ्नो टिम उरुग्वे पराजित भएपछि नुनेज फ्यानसँगको झडपमा उत्रिएका हुन् ।

खेल सकिएको अन्तिम सीटी बजेपछि स्ट्राइकर नुनेजलाई कोलम्बियाका फ्यानहरूसँग शारीरिक रूपमा भिड्दै गरेको देखिएको थियो ।

उरुग्वेन आउटलेट एल पेसका अनुसार, उरुग्वे टोलीका साथीहरू र परिवारका सदस्यहरू रहेको ठाउँ नजिकै झडप भएको थियो । नुनेजले यस घटनाको बारेमा कुनै धारणा राखेका छैनन् ।

टीभी क्यामेरा र फ्यानहरूले नर्थ क्यारोलिनाको चार्लोटमा रहेको ब्याङ्क अफ अमेरिका स्टेडियमको दर्शक रहेको भीडभाड स्ट्यान्डमको रेलिङमा चढेर नुनेजको तस्वीरहरू कैद गरेका थिए ।

उरुग्वेका अन्य खेलाडीहरु पनि यस घटनामा संलग्न भएको बताइएको छ ।

उरुग्वेका कप्तान जोस मारिया जिमिनेजले खेलाडीहरू आफ्नो परिवारलाई सुरक्षा दिन लागेको बताएका छन् । जिमिनेजले भने, ‘त्यहाँ कुनै प्रहरी थिएनन् जसले गर्दा हामीले हाम्रो परिवारको रक्षा गर्नुपर्‍यो । यो धेरै रक्सी पिएका दुई वा तीन व्यक्तिको गल्ती हो । जसलाई कसरी पिउने भनेर थाहा छैन ।’

झगडा पछि नुनेज आफ्नो छोरालाई पिचमा अँगालो हालिरहेको देखिएको थियो ।

भिडमा उत्पन्न भएको अवस्थालाई विपत्ति भनेर रोयटर्सले लेखेको छ ।

दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोन्मेबोलले घटनाको कडा निन्दा गर्दै अनुसन्धान सुरु गर्ने जनाएको छ । ‘असहिष्णुता र हिंसाको लागि मैदान भित्र र बाहिर कुनै ठाउँ छैन,’ कन्मेबोलले भनेको छ ।

सेमिफाइनलमा कोलम्बियासँग १–० ले पराजित हुँदै फाइनल पुग्न असफल भएपछि झगडा सुरु भएको थियो ।

डार्बिन नुनेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय