+
+

नगरकोट-कुन्ताबेँसी सडकमा मालबाहक यातायातका साधन सञ्चालनमा रोक 

रासस रासस
२०८१ असार २७ गते १७:००
फाइल फोटो ।

२७ असार, काभ्रे । भारबाहन बढ्दा सडकमा क्षति पुगेको भन्दै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।

वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक बुधबारदेखि अवरुद्ध छ । सडक अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा क्षति पुगेको भन्दै नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

राजमार्ग अवरुद्ध हुँदा रामेछाप, दोलखा, सिन्धुपाल्चोकका सवारीसाधनको नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा चाप बढेको थियो । मण्डनदेउपुरले उक्त सडकखण्डको केही स्थानमा अझै कालोपत्र गर्न बाँकी छ । कालोपत्र गर्न बाँकी  सडकमा क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुँदा सडक बिग्रन गएको र पहिराको जोखिम पनि बढ्ने भएकाले मालवाहक यातायातका साधनलाई रोक लगाइएको नगरप्रमुख टोकबहादुर वाइबाले बताए ।

यस्तै नगरले हिगुवापाटी–गैह्रीबिसौना–नगरकोट सडकमा एम्बुलेन्स तथा आकस्मिकबाहेकका सवारीसाधन सञ्चाचलनमा रोक लगाइएको उनले बताए । अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा यातायातका साधन फसेका तथा स–साना पहिरा गएकाले बुधबार बिहानदेखि अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त राजमार्गमा अनिश्चितकालका लागि टिपर सञ्चालनमा रोक लगाएको हो ।

प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन बाटोमै थन्किएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?