+
+

मन्त्री नआएपछि प्रतिनिधि सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १७:२८

२७ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार ४ बजेका लागि तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले सरकारको उपस्थिति नभएको बैठक चल्छ कि चल्दैन भनी सभामुख देवराज घिमिरेलाई प्रश्न गरेका थिए । उनले मन्त्रिपरिषद्का सदस्यलाई संसदमा उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन भनेर पनि प्रश्न गरे ।

‘संसद् चलेका बेला मन्त्री उपस्थित हुनुपर्छ कि पर्दैन, कोही पनि उपस्थित नभएको संसद् चल्छ चल्दैन सभामुखको कुर्सीबाट म जान्न चाहन्छु’, उनले भने ।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली ७९ को नियम ६ को ५ बमोजिम प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए ।

तर बिहीबारको बैठकमा कुनै मन्त्री उपस्थित नभएको भन्दै बैठक स्थगित गरेर अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाएका छन् । शुक्रबार बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?