+
+

एक महिनामा प्राकृतिक विपत्तिबाट ८८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १७:५३

२७ असार, काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि आज (२७ असार) सम्म प्राकृतिक विपद्‌बाट ८८ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परेर १०६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको हो ।

आज, बिहीबार दिउँसोसम्म विपद्‌मा परी कोशी प्रदेशमा १९ जना, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोमा परी ६ जना बेपत्ता भएका छन् ।

प्राकृतिक विपद्‌मा परेका ५३ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।

बाढीका कारण १७६ घर डुबानमा परेका छन् । १६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

विपद्का घटनाबाट ३ हजार ४६२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा ४७९ पशु चौपायाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?