+
+

सडक डिभिजनको इन्जिनियर भन्दै ठगीको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १८:३०

२७ असार, काठमाडौं। सडक विभागको इन्जिनियर बताउँदै नक्कली परिचय दिएर ठगीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका–१ घर भएका २७ वर्षीय नरेन्द्र साउद छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सिनामंगलबाट पक्राउ गरेको हो ।

सडक विभागको इन्जिनियर भएको बताउँदै सामाजिक सञ्जालमार्फत विभिन्न महिलाहरुसँग साथी बन्ने र प्रेम तथा विवाहको प्रलोभन देखाएर ठगी गर्न खोजेको प्रहरीले जनाएको छ । नक्कली फेसबुक आइडी बनाएर आपराधिक लाभ लिने खोजेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साउदलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?