+
+

लगनखेलको नापी कार्यालयका कर्मचारी ४ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते ९:१९

२८ असार, काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका-१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाछ बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?