+
+

किम कार्दसियन मुम्बईमा, अम्बानीको विवाहलाई रियालिटी शोका लागि छायांकन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:०२

काठमाडौं । हलिउड रियालिटी शो स्टार किम कार्दसियन र उनकी बहिनी ख्लो बिहीबार बेलुका मुम्बईमा अवतरण भएका छन् । आज (शुक्रबार) हुने अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा उनीहरु सहभागी हुनेछन् ।

मुम्बईको ताज होटल पुग्दा रियालिटी शो स्टारलाई भव्य स्वागत गरिएको इण्डिया टुडेले जनाएको छ । विमानस्थलमा उनको कार पापाराजीबाट घेरिएको थियो ।

किमले ‘हेलो भारत’ क्याप्सन लेख्दै एक भिडियो सेयर गरेकी छन् । साथै उनले आफूलाई होटलमा स्वागत गर्दाको दृश्य पनि सेयर गरेकी छन्, जहाँ उनलाई परम्परागत माला र टीका लगाएको देख्न सकिन्छ ।

स्रोतले इन्डिया टुडेलाई विशेषरुपमा बताएअनुसार किम र ख्लोले आफ्नो हुलु रियालिटी शो ‘द कार्दसियन्स’को लागि अम्बानीको विवाह समारोहलाई छायांकन समेत गर्नेछन् ।

उनीहरुले हेयर स्टाइलिस्ट क्रिस एप्पलटन र फिल्म निर्माण गर्ने निर्मातासहित आफ्नो सम्पूर्ण ग्ल्याम टोलीलाई लिएर आएका छन् । उनीहरुले मुम्बई यात्रा, अम्बानीको विवाह, प्रस्थानदेखिको दृश्यलाई क्यामेरामा कैद गर्नेछन् ।

‘द कार्दसियन्स’को अहिले पाँचौं सिजन प्रसारण भइरहेको छ । छैटौं सिजनमा अम्बानीको विवाह समारोहलाई हाइलाइटसहित प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । किम र ख्लोको यो पहिलो भारत भ्रमण हो ।

किमले यो विवाह उत्सवका लागि तरुण ताहिलियानी लेहेंगा पहिरिने जनाइएको छ । अनन्त र राधिकाको विवाह समारोह तीन दिनसम्म चल्नेछ । जुलाई १२ मा विवाह र जुलाई १३ मा शुभ आशीर्वाद र जुलाई १४ मा ग्रान्ड रिसेप्सनको आयोजना गरिएको छ । जुलाई १५ मा पनि अर्को रिसेप्सन हुने भनिएको छ ।

अम्बानीको विवाहमा जोन सीना, माइक टायसन, जीन क्लाउड भान डम्मे, जे शेट्टी, बोरिस जोन्सन, टोनी ब्लेयर, जोन केरी र स्टीफन हार्पर जस्ता प्रतिष्ठित व्यक्तित्वसहित अन्य विश्वचर्चित सेलिब्रेटीको उपस्थिति पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?