+
+

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:०७

२८ असार, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए ।

नेपाल प्रहरी र सशस्त्रको विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट खटिएको टोलीले घाइतेहरुको उद्धार गरेर उपचारका लागि खुर्कोट पठाइएको छ । खुर्कोटस्थित शुभ जीवन अस्पालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?