+
+

‘जेरी’ निर्माता शेरचनले फिल्मको दोस्रो श्रृंखला बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १४:२६

काठमाडौं । १० वर्षअघि रिलिज भएको फिल्म ‘जेरी’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माता मनोज शेरचनले शुक्रबार वक्तव्य जारी गर्दै दोस्रो सिक्वेलको रुपमा ‘जेरी २’ बनाउने घोषणा गरेका हुन् ।

अनमोल केसी र आना शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘जेरी’को प्रदर्शन २०७१ साल कात्तिक २८ गते भएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘अहिले स्क्रिप्ट लेख्ने काम भइरहेको छ । हामी निकट भविष्यमा जेरी २ बनाउँदैछौं ।’

‘जेरी २’ मा कलाकार को हुने भन्ने बारेमा निधो भइनसकेको उनले जनाए । विज्ञप्तिमा अहिले बन्न लागेको अर्को फिल्म ‘जेरी अनटप’ आफ्नो फिल्म जेरीको सिक्वेल नरहेको समेत शेरचनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘पुरानो जेरीसँग जेरी अनटपको कुनै साइनो छैन,’ शेरचनले विज्ञप्तिमा भनेका छन् । यसैबीच ‘जेरी’को सिक्वेलसँग नाम नजुधाउन आग्रह गर्दै शेरचनले चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा निवेदन दिएको जनाएका छन् । बोर्डले निवेदन दर्ता गरेको छैन ।

बोर्डकी प्रशासन अधिकृत अप्सरा समालले जेरी निर्माताको रुपमा शेरचनको निवेदन प्राप्त भएको बताइन् । ‘हामीले यसबारे बुझ्ने काम गरिरहेका छौं,’ उनले भनिन्, ‘उहाँले नाम नजुधाउन र कतिपय कुराको छानबिनका लागि आग्रह गर्नुभएको रहेछ ।’

यतिबेला अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङलाई शीर्ष भूमिकामा लिएर अर्को फिल्म ‘जेरी अनटप’को पनि छायांकन सुरु हुँदैछ । यो सन्दर्भमा ‘जेरी’ निर्माता शेरचनको विज्ञप्ति आएको हो । नाम एउटै हुँदा दर्शकमा भ्रम पैदा भएको शेरचनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?