+
+

रवि लामिछानेले सोधे- मध्यरातमा कांग्रेस-एमालेबीच भएको सहमति कसलाई जोगाउन हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १५:०८

२८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस-एमालेबीच भएको सहमति संविधान जोगाउन नभएको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा गृहमन्त्री समेत रहेका लामिछानेले रातिमा भएको सहमति शंकास्पद भएको बताए ।

जब अनुसन्धानको सुई कसैको ढोकामा ढकढक्याउन गयो, तब कांग्रेस र एमालेलाई संविधानको चिन्ता लागेको उनले बताए । सार्वजनिक समेत नभएको त्यो सहमति संविधान जोगाउन नभएको भन्दै उनले भने, ‘संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमति आइएपछि खुल्ला ।’

ठूला दलहरु मिल्दा लोकतन्त्रलाई असर गर्ने त होइन भन्ने चिन्ता रहेको समेत उनले बताए ।

लामिछानेले कांग्रेस र एमाले बीच १७ असारको मध्यराति भएको सहमति शंकास्पद रहेको टिप्पणी गरे ।

मध्यरातमा व्यापारीको घरमा भएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने कारण उनले खोजे । ‘विना जानकारीको यो सहमति न राष्ट्रलाई थाहा छ , न सहमति गर्ने राजनीतिक दलका सांसदलाई थाहा छ । न नेताहरुलाई थाहा छ,’ लामिछानेले भने, ‘मध्यरातमा व्यापारीको घरमा गर्नुपर्ने यो कस्तो सहमति हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?