+
+

क्यास एपमार्फत ५ करोडको अवैध कारोबार गरेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १६:३४

२८ असार, काठमाडौं । क्यास एपमार्फत पाँच करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ का २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरीको धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला र उर्लाबारी–७ का २४ वर्षीय मिलन मिश्र छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत ५ करोडको अवैध कारोबार गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

हाल अमेरिका बस्ने मनीषकुमार बुढाथोकीले यो समूहलाई क्यास एप सर्भरको अनुमति दिइ ६ वटा ईसेवा वालेट, ५ वटा कनेक्ट आईपीएस र सोही अकाउन्टमा लिंकअप भएका १९ वटा बैंक खातामा अवैध तरिकाले ५ करोडको आर्थिक कारोबार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले यी वालेटबाट अनलाइन जुवाको कारोबार गरेको तथा खेल्ने खेलाउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जुवा तथा सट्टेबाजी खेल्न नहुने कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?