+
+

गरगहना चोरेको र किनेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १६:५०

२८ असार, काठमाडौं । भक्तपुरको ठिमी नगरपालिका–२ मुनालमार्गस्थित जगदिश नेपालको कोठामा दिउँसै चोरी गरेको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालको कोठामा चोरी गर्ने र चोरी गरिएका सुनका गरगहना खरिद गर्ने दुई आरोपीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनका गरगहना चोरी गर्ने काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका ४३ वर्षीय राजु तामाङ र खरिद गर्ने भोजपुर घर भइ गोकर्णेश्वर–७ बस्ने ५४ वर्षीया शारदा तिरुवा छिन् ।

राजुले नेपालको कोठामा पसी २३ असार दिउँसो २ बजेको समयमा चोरी गरेको आरोप छ । उनले सुनका विभिन्न गरगहना गरी ७ लाख १३ हजार ३८० रुपैयाँ बराबरको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?