
दक्षिणकाली नगरपालिका–५ मा रहेको थाई गुम्बाको भत्किएको पर्खाल ।
२८ असार, काठमाडौं । दक्षिणकाली नगरपालिका–५ मा रहेको थाई गुम्बाको पर्खाल भत्किएको छ ।
पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाहरुको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए ।
दिउँसो ३ बजेर ५० मिनेटमा पर्खाल भत्किंदा ६ जना नाबालिकाहरु पुरिएका थिए । तत्कालै इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्धार गरेको थियो ।
उद्धार गरिएका मध्ये ५ जनालाई बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ भने एक जनालाई दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका लागि पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4