
२८ असार, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार साँझ बसेको संचालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । नियामक बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि यो लाभांश सेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।
हाल यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4