+
+

राष्ट्रपतिले छलफलका लागि बोलाए कानुनविद्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १७:११

२८ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् ।

भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका लागि डाकेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार साँझ ५ः४५ बजेका लागि कानुनविद्हरुलाई बोलाइएको छ । परामर्शका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले विच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ । कतिपय कानुनविद्हरुले ७६ (२) को सरकारले विश्वासको मत पाउन नसके ठूलो दलका आधारमा ७६ (३) अनुुसार सरकार गठन हुने बताउँदै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?