+
+

ब्रिटिस एजुकेसन ग्रुपले खरिद गर्‍यो क्यानडाको १२५ वर्ष पुरानो कलेज

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १७:११

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज खरिद गरेको छ ।

नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरू सञ्चालनको ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेस कलेज (एमबीसी) खरिद गरेको हो ।

सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको छ ।

सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकताहरू पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेस एडमिनिस्ट्रेसन, भेटेरीनरी एसिस्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टू डी–थ्री डी एनिमेसन एन्ड डिजिटल आर्टस् विषयहरूको अध्यापन गराउँदै आएको छ ।

स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्दै एमबीसीले रोजगारको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गर्दै आएको छ ।

अब ब्रिटिस एजुकेसन ग्रुपले सो कलेजलाई खरिद गरेसँगै लन्डनस्थित द उलविच कलेजमा रहेका केही पाठ्यक्रमहरु थप गर्ने योजना बनाएको छ ।

शैक्षिक नेटवर्कलाई विस्तार गर्दै लगेको ब्रिटिस एजुकेसन ग्रुपका सीईओ राजन कँडेलले आफ्ना विद्यार्थीलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

नेपाल, दुबई, र क्यानाडाका क्याम्पसहरूबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्ने विश्वास ग्रुपले लिएको छ ।

सीईओ कँडेलले ६ महिनाभन्दा बढी लामो समयको अधिग्रहण प्रक्रियामा सहभागी सबैलाई साथै क्यानडामा रहेका नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गरेका छन् ।

ब्रिटिस एजुकेसन ग्रुपले नेपाल, दुबई र लन्डनमा शैक्षिक संस्थाहरू सञ्चालन गरी विद्यार्थी तथा कर्मचारीलाई ग्लोबल एक्सपोजर प्रदान गरिरहेकोे छ ।

पछिल्लो समय खरिद गरेको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताका लागि महत्त्वपूर्ण उपलब्धि भएको ग्रुपको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?