+

एन्डरसनको बिदाइ खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले विजयी

२०८१ असार  २८ गते १८:२२ २०८१ असार २८ गते १८:२२
एन्डरसनको बिदाइ खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले विजयी

२८ असार, काठमाडौं । टेस्टका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनको बिदाइ खेलमा इंग्ल्यान्डले पहिलो टेस्टमा वेष्टइण्डिजलाई ११४ रनको इनिङ अन्तरले हराएको छ ।

योसँगै तीन टेस्ट खेलको सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १–० को अग्रता लिएको छ ।

दोस्रो इनिङमा वेष्टइण्डिज मात्रै १३६ रनमा अल आउट भयो । वेष्टइण्डिजका स्पिन अलराउन्डर गुडाकेश मोतीले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३१ रन बनाए । एलिक एथानाजे २२ र जेसन होल्डरले २० रन जोडे । इंग्ल्यान्डका गस एटकिन्सनले ५, जेम्स एन्डरसनले ३ र बेन स्टोक्सले २ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो इनिङमा ३७१ रनमा अल आउट भएको थियो । ओपनर ज्याक क्रलीले ८९ बलमा १४ चौकासहित सर्वाधिक ७६ रन बनाए । डेब्यू खेलमा विकेटकिपर जेमी स्मिथले ११९ बलमा ८ चौका र २ छक्कासहित ७० रन जोडे ।

बेन डकेट ३, ओली पोप ५७, जो रुट ६८, ह्यारी ब्रुक ५०, बेन स्टोक्स ५ र क्रिस वोक्स २३ रनमा आउट भए । वेष्टइण्डिजका जयडेन सिल्सले ४, जेसन होल्डर र गुडाकेश मोतीले २–२ विकेट लिए ।

त्यसअघि लर्डसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज १२१ रनमा अल आउट भएको थियो । ओपनर मिक्ली लुइसले सर्वाधिक २७ रन बनाए । इंग्ल्यान्डका गस एटकिन्सनले सर्वाधिक ७ विकेट लिए । डेब्यू खेलमा एटकिन्सन नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

४२ वर्षीय जेम्स एन्डरसनले यो खेलसँगै सन्यास लिएका छन् । उनले १८८ टेस्टमा कुल ७०४ विकेट लिए । एन्डरसन श्रीलंका स्पिनर मथैया मुरलीधरन ८०० र अष्ट्रेलिया शेन वार्नपछि टेस्टमा सर्वाधिक धेरै विकेट लिने बलर हुन् ।

इंग्ल्यान्ड जेम्स एन्डरसन वेष्टइण्डिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय