+
+

प्रचण्डले छाडे बालुवाटार, पदमुक्त भएसँगै फर्किए खुमलटार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १८:३५

२८ असार, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड  प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै  प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।

उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् ।

बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् ।

यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो भने उनको विपक्षमा १९४ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?