+
+

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जान्छौं : महत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १८:५८

२८ असार, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आफूहरु राष्ट्रपति समक्ष जाने बताएका छन् ।

प्रधानमन्त्री पुष्कमल दाहाल पदमुक्त हुने बित्तिकै उनले संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । प्रवक्ता महतले उनले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको दावी समेत गरे ।

उनले भने, ‘हामीले पहिलो चरणमा ओलीजीलाई समर्थन गर्ने भनेका छौं । त्यसमा हामी प्रतिवद्ध छौं । त्यही अनुसार हाम्रो प्रस्ताव राष्ट्रपति कहाँ जान्छ ।’

सबैभन्दा ठूलो दलको सहमति रहेकाले ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उनको तर्क थियो । प्रवक्ता महतले सरकार गठन प्रक्रिया अघि बढेपछि पार्टीले मन्त्रीहरु चयन गर्ने पनि बताए ।

‘सार्वभौम संसद नेपाली जनताले चुनेर पठाएको सांसदहरुले निर्णय गरेका छन् । अनि यो निर्णय कहीँ बाहिरबाट भएको भन्न मिल्छ ? आरोप त जहाँ जे लगाई दिन पनि भइहाल्छ नि । नेपालमा आरोप लगाउनका लागि कुनै ठूलो कुरो छैन । यो भ्रमपूर्ण हो, कपोलकल्पित भएको हो, निराधार हो ।’ उनले भने ।

प्रवक्ता महतले काँग्रेस एमालेबीचको नयाँ सत्ता समीकरण वाह्य शक्तिले गराएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको आरोपमा कुनै सत्यता नभएको दाबी समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?