+
+

‘के घर के डेरा’को सिक्वेलमा खगेन्द्र लामिछाने अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २९ गते १०:४६
पछिल्लो फिल्म ‘मेयर’को सेटमा खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल । यो फिल्मलाई तत्काल होल्ड गरेर खनालले ‘के घर के डेरा’को सिक्वेललाई अघि बढाउन खोजेको अनुमान छ ।

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखलामा अनुबन्धित भएका छन् ।

शुक्रबार लामिछानेको जन्मदिन सन्दर्भमा फिल्ममा उनको कास्टिङ तय भएको हो । दुई वर्षअघि रिलिज भएको फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखलाको नाम ‘घर नम्बर २’ राखिएको छ ।

फिल्मलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको छ । निर्माताले प्रि-प्रोडक्सनको कामलाई तिव्रता दिने बताएको छ । जसअनुसार, फिल्मको मुख्य भूमिकामा खगेन्द्रलाई फाइनल गरिएको हो ।

पशुपतिप्रसाद, धनपति, भष्मे डन र मेयरपछि दीपेन्द्र र खगेन्द्रको यो पाँचौ सहकार्य हुनेछ ।

फिल्ममा काम गर्ने पक्का भएपछि खगेन्द्र उत्साहित देखिए । राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुशी लागेको तर्क गरे । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरु एकपछि अर्को रुपमा फाइनल गर्दै जाने निर्माणपक्षले बताएको छ ।

यो फिल्ममा चर्चित लेखक बुद्धिसागरको पटकथा हुनेछ । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् ।

कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए ।

‘के घर के डेरा : घर नम्बर २’को कास्टिङको खबरको समय र सन्दर्भको हिसाबले दीपेन्द्रले तत्काल यो फिल्मलाई अघि बढाउन खोजेको देखिन्छ । उनले पछिल्लो फिल्म ‘मेयर’लाई तत्काल होल्ड गरेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?