
२९, असार, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिककाे शव फेला परेको छ ।
नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ ।
उनको साथमा रहेको रासन कार्डकाे आधारमा शवकाे पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4