
२९ असार, काठमाडौं । शुक्रबार बिहान ३ बजे मुग्लिन नारायणगढ सडक अन्तर्गत भरतपुर महानगरपालिका सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएको दुईवटा बस अझै भेटिएको छैन ।
केही दिनदेखिको अविरल वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्डमा लगातार पहिरो जाँदा सडक अवरुद्ध भइरहेको छ भने दुर्घटनामा मानवीय क्षति पनि भइरहेको छ ।
राजधानी काठमाडौं जोड्ने मुख्य सडकमार्ग पहिरो खसेर अवरुद्ध भइरहँदा धेरै सर्वसाधारणको बिजोग भइरहेको छ । त्रिशूली नदीमा शुक्रबार बिहान हराएको बस खोज्न त्रिशुली नदीमा सुरक्षाकर्मीहरु खटिइरहेका छन् ।
माथि सडकमा सर्वसाधारण र सवारी चालकहरु पनि दुर्घटनाग्रस्त क्षेत्रमा रोकिएर हेर्ने गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4